- मानव अधिकारको संरक्षण र प्रवर्द्वन विषयमा प्रदेश सरकारको सम्पर्क तथा समन्वय विन्दुको रुपमा कार्य गर्ने।
- विभिन्न मन्त्रालय निकायहरुमा रहेका मानव अधिकार इकाईहरुबीच समन्वय गर्ने।
- मानव अधिकार प्रवर्द्वनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न विभिन्न निकायहरुबीच समन्वय गर्ने ।
- मानव अधिकार सम्बन्धी प्रदेशस्तरीय नीति, योजना तर्जुमा र मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयनमा सहयोग पुर्याउने ।
- मानव अधिकार सम्बन्धी प्रदेशस्तरीय नीति तथा कार्ययोजनाको कार्यान्वयन गर्ने र सोको अनुगमन र पृष्ठपोषण गर्ने ।
- मानव अधिकारको संरक्षण र प्रवर्द्वन गर्नमा आवश्यक नीति, कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने ।
- अपाङ्गता, सामाजिक विभेद, लैङ्गिक हिंसा तथा महिला हिंसा विरुद्धका कुरिती, कु-प्रथा उन्मुलन सम्बन्धमा मौजुदा कानूनको कार्यान्वयनमा सहजीकरण गर्ने र प्रदेशस्तरीय नीति, योजना बनाउने ।
- मानव अधिकारको क्षेत्रमा कार्य गर्ने प्रदेशस्तरका विभिन्न आयोग, कार्यालय तथा अन्य संघसंस्थाहरुसँग समन्वय तथा सहजीकरण गर्ने ।
- राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयनमा सहयोग पुर्याउने ।
- आफ्नो शाखासँग सम्बन्धित प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने सूचनाहरु कानून तथा फैसला कार्यान्वयन शाखासँग समन्वय गरी प्रकाशन गर्ने व्यवस्था मिलाउने ।
- मानव अधिकारसँग सम्बन्धित तोकिएका अन्य कार्यहरु गर्ने ।
- शाखासँग सम्बन्धित तोकिएका अन्य कार्यहरु गर्ने, गराउने ।
सुदूरपश्चिम प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
धनगढी, कैलाली, नेपाल