- कर्मचारी नियुक्ति, पदस्थापन, सरुवा, काज, कार्यसम्पादन मूल्यांकन, सम्पति विवरण, हाजिरी, विदा, पुरस्कार, दण्ड, निवृतिभरण, अवकाश, उपदान आदि कर्मचारी प्रशासनसँग सम्बन्धित कार्य र सोको अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
- कार्यालयमा आयोजना हुने मन्त्रिपरिषद् बैठक, सचिव बैठक र अन्य वैठक व्यवस्थापन गर्ने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम, छात्रवृत्ति, अध्ययन, अवलोकन भ्रमण आदिमा मनोनयन र सो सँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
- प्रदेशस्थित अन्य मन्त्रालय/निकायका कर्मचारी प्रशासन सम्बन्धी उजुरी तथा गुनासा उपर आवश्यक कारवाही/समन्वय गर्ने ।
- नेपाल सरकार, संवैधानिक निकाय तथा आयोग, प्रदेश लोकसेवा आयोग र अन्य प्रादेशिक आयोग, निकायहरुसंग समन्वय तथा सम्पर्क शाखाको रुपमा कार्यहरु गर्ने ।
- संगठन संरचना, दरवन्दी हेरफेर र कर्मचारी प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने ।
- कार्यालयका विभिन्न पदाधिकारी एवं कर्मचारीहरुको जिम्मेवारी तोक्ने, हेरफेर गर्ने ।
- कार्यसम्पादन सम्झौता सम्बन्धी कार्यहरु गर्ने, गराउने ।
- कार्यालयको विद्युतीय हाजिरी र सोको अभिलेख सम्बन्धी कार्यहरु गर्ने ।
- कार्यालयका कर्मचारीहरुको तलब भत्ता, संचयकोष, नागरिक लगानी कोष, वीमाकोष आदिको व्यवस्थापन गर्ने गराउने ।
- कार्यालयको आम्दानी खर्चको स्रेस्ता प्रचलित कानून बमोजिम व्यवस्थित रुपमा राख्ने ।
- खर्चको फाँटवारी, आर्थिक विवरण लगायत प्रचलित कानून बमोजिम तयार गर्नु पर्ने विवरण तयार गर्ने ।
- कार्यालयको आम्दानी खर्चको लेखापरीक्षण गराउने तथा यसको नियमितता सम्बन्धी कार्य गर्ने ।
- कार्यालयको नाममा रहेको वेरुजु पर्छयौट गर्ने, गराउने ।
- आर्थिक विषयमा उपयुक्त राय परामर्श तथा सिफारिस उपलब्ध गराउने ।
- प्रचलित ऐन, नियमले तोकेको आर्थिक प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने, गराउने ।
- मन्त्रिपरिषद्मा पेश हुन आउने प्रस्तावहरु सङ्कलन गर्ने, संकलित प्रस्तावहरु रीतपूर्वक भए नभएको अध्ययन गर्ने, रीत नपुगेका प्रस्तावहरुको रीत पुर्याउने ।
- मन्त्रिपरिषद् बैठकको कार्यसूची तयार गर्ने र सबै मन्त्रीहरुलाई कार्यसूची सहित पत्राचार गर्ने ।
- मन्त्रिपरिषद्को बैठकका लागि वैठक कक्ष लगायत आवश्यक कर्मचारी तथा भौतिक सुविधाहरुको प्रबन्ध गर्ने ।
- मन्त्रिपरिषद्को वैठकको निर्णयको तयारीमा सहयोग पुर्याउने, भएका निर्णयको अभिलेख राख्ने, निर्णयहरु सम्बन्धित मन्त्रालय, निकाय, महाशाखामा सञ्चार गर्ने ।
- सचिव वैठक लगायत अन्य विभिन्न बैठकको माइन्युट तयार गर्ने, जानकारी तथा कार्यान्वयनको लागि सम्बन्धित निकायमा पठाउने र अभिलेख राख्ने ।
- जनशक्ति क्षमता विकासको आवश्यकता पहिचान, तालिम कार्यक्रमहरु संचालन र क्षमता विकासका अवसरहरुका लागि मनोनयन सम्बन्धी कार्य गर्ने ।
- कार्यालयको सबै सम्पतिको संरक्षण, मर्मतसंभार, सरसफाई तथा कार्यालय सजावट सम्बन्धी कार्य गर्ने, गराउने ।
- कार्यालयको लागि भौतिक निर्माण तथा अन्य सामग्रीको खरिद व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
- कार्यालयका विभिन्न पदाधिकारीहरु एवं कर्मचारीहरुका लागि नियमानुसार सवारी साधन तथा ईन्धन व्यवस्थापन सम्बन्धी कार्यहरुका साथै सार्वजनिक विदामा सवारी साधन संचालनको स्वीकृति र अभिलेख व्यवस्थापन कार्य गर्ने ।
- कार्यालयको टेलिफोन, इन्टरनेट, पानी, विद्युत आपुर्ति तथा सोसँग सम्बन्धित कार्यहरु गर्ने ।
- आर्थिक कार्यविधि ऐन तथा नियमावली अनुसार भौतिक तथा अन्य सामग्रीहरुको अभिलेख व्यवस्थापन, जिन्सी निरीक्षण तथा लिलामी सम्बन्धी कार्यहरु गर्ने ।
- प्रदेश मन्त्रालयहरु र मातहतका निकाय/कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरी देखिएका कमि कमजोरी तथा समस्याहरू र समाधानका उपायहरूसहितको प्रतिवेदन पेश गर्ने ।
- कार्यालयको दर्ता चलानी व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
- कार्यालयबाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
- अन्य शाखाको कार्यविवरणमा नपरेका प्रशासनिक लगायत तोकिएका अन्य सबै कार्यहरु गर्ने ।