वि.सं:
नेपाल संवत: ११४५ तछलागा सप्तमी - २२
प्रदेश सरकार (मन्त्रिपरिषद्) का निर्णयहरुलाई तथ्यपरक एवम् नतिजामूलक बनाउनु, प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु/गराउनु, प्रदेशको प्रशासनयन्त्रलाई विश्वसनीय, परिणाममूखी, उत्तरदायी र सक्षम बनाउनुका साथै प्रदेशका संरचना र जनशक्तिको व्यवस्थित परिचालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु, सदाचारिताको प्रवर्द्धन, प्रभावकारी कानूनी व्यवस्था एवम् शून्य सहनशीलता मार्फत भ्रष्टाचार नियन्त्रण गर्नु, प्रदेशको समृद्धिका लागि बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु, विकास निर्माण कार्यलाई समन्वयात्मक रुपमा र अनुगमन तथा मूल्याङ्कन प्रणालीको प्रभावकारीतामार्फत् नतिजामूलक बनाउनु, प्रदेशस्थित सम्पूर्ण मन्त्रालय, आयोग, कार्यालयहरुको अभिभावकत्व भूमिका निर्वाह गर्नु