कार्य विवरण
- सुदूरपश्चिम प्रदेशका मन्त्रालय तथा निकायहरू र स्थानीय तहहरूमा कार्यरत सम्पूर्ण निजामती तथा स्थानीय सेवाका कर्मचारीहरूको सिटरोल र वैयक्तिक विवरणहरू पूर्ण रूपमा अध्यावधिक र व्यवस्थित राख्ने।
- निजामती तथा स्थानीय सेवाका कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतले प्रचलित कानून बमोजिम पेश गरेको सम्पत्ति विवरण दर्ता गरी अभिलेख ब्यवस्थापन गर्ने ।
- सेवा निवृत्त हुने कर्मचारीहरूको पेन्सनपट्टा, उपदान, बीमा लगायतका सुविधा सम्बन्धी कागजातहरूको परीक्षण, प्रमाणीकरण र सिफारिस गर्ने।
- सम्पूर्ण अभिलेखहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी कागजातविहीन (Paperless) तथा सुशासनयुक्त सेवा सुनिश्चित गर्ने।
- राष्ट्रिय किताबखाना (निजामती), प्रदेशका विभिन्न निकायहरू र स्थानीय तहहरूसँग प्रभावकारी समन्वय कायम गर्दै कर्मचारी अभिलेखको शुद्धता (Data Accuracy) र आधिकारिकता कायम गर्ने।
- प्रदेश सरकार र अन्तर्गत कार्यालयहरूको सङ्गठन तथा दरबन्दी दर्ता गर्ने,
- कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) प्रमाणित गर्ने, संकेत नम्बर जारी गर्ने
- सेवानिवृत कर्मचारीको अभिलेख व्यवस्थित रुपमा राख्ने,
- सम्पत्ति विवरण पेश गर्ने र नगर्ने कर्मचारीको नाम नामेसी तयार गर्ने र आवश्यकता अनुसार सम्बन्धीत निकायमा पठाउने,
- स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुको सम्पति विवरण व्यवस्थापन सम्बन्धी कार्य,