सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट "संकल्प" को राजनीतिक यात्रा
नाम |
श्री त्रिलोचन भट्ट |
जन्म मिति |
२०२६ जेठ ७ गते |
ठेगाना |
के.आई.सिंह गाउँपालिका -६, फलेडी, डोटी |
बुवा |
स्व.प्रसाद भट्ट |
आमा |
शारदा देबी भट्ट |
दाजु |
३ जना |
भाई |
१ जना |
दिदी |
१ जना |
श्रीमतीको नाम |
दुर्का देबी भट्ट |
बिवाह भएको मिति |
२०५२ मंसिर २० गते |
छोरा |
विकास भट्ट (१७ बर्ष) |
छोरी |
लक्ष्मि भट्ट (१५ बर्ष) |
छोरी |
पुष्पा भट्ट (१२ बर्ष) |
प्रवास (भारत) मा नोकरी गर्न गएको |
२०४२ सालमा |
राजनीतिक आबद्धता :
- २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट सुरु भएको हो । तत्कालिन सामन्ती राज्य ब्यवस्थाका बिरुद्ध बिद्रोह र आफुले भोगेका समस्या अरु नेपाली युवाहरुले भोग्नु नपरोस भनेर संघर्षमा लागेका थिए ।
- २०४८ असार ३ गते अखिल भारत नेपाली एकता समाजको मुम्बई एरिया कोषाध्यक्षको जिम्मेवारी ।
- २०४९ जेठ २५ गते ने.क.पा. एकता केन्द्रको पार्टी सदस्यता प्राप्त ।
- २०५१-२०५२ मा आन्तरिक रुपले युद्धको तयारीका लागि प्रवासमा आर्थिक संकलन र ब्यवस्थापनको जिम्मेवारी ।
- २०५१ बैशाख २ गते ने.क.पा. माओबादीको ईलाका सदस्य, २०५४ बैशाख मा अखिल भारत नेपाली एकता समाज नवौ मुम्बई नगर कमिटि कोषाध्यक्षको जिम्मेवारी ।
- २०५५ सालमा युवा संघ जिल्ला सदस्य ।
- २०५६ मा महाराष्ट्र राज्यको कलाकार समूहमा आबद्ध भई सांस्कृतिक क्षेत्रमा संलग्न ।
- २०५७ जेठ ५ गते अखिल भारत नेपाली एकता समाज महाराष्ट्र समिति कोषाध्यक्षको जिम्मेवारी ।
- २०५७ असार ५ गते नेकपा माओबादीको जिल्ला सदस्य भएपछि जागिर छोडेर पूर्णकालिन युद्धमा संलग्न ।
- २०५८ सालमा नेपालमा संकटकाल लागेपछि भारत सरकारद्धारा एकता समाजलाई प्रतिबन्ध लगाएपछि गठित नेपाली जनअधिकार सुरक्षा समितिको राज्य संयोजकको जिम्मेवारी ।
- २०५९ सालमा पार्टी क्षेत्रिय ब्यूरो सदस्य र २०६० मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी ।
- २०६१ साल मंसिरमा प्रवासबाट नेपाल आई २०६२ सालमा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी ।
- २०६३ सालमा नेकपा माओबादीको डोटी जिल्ला सह ईन्चार्ज ।
- २०६४ सालमा डोटी जिल्ला ईन्चार्जको जिम्मेवारी ।
- २०६४ को पहिलो संबिधानसभा निर्वाचनमा नेकपा माओबादीको तर्फबाट डोटी क्षेत्र नं.१ बाट संबिधानसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फको उम्मेदवारी ।
- २०६५ सालमा सेती महाकाली राज्य समिति सचिवालय सदस्य ।
- २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओबादीको तर्फबाट डोटी क्षेत्र नं.२ बाट दोस्रो संबिधानसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फको उम्मेदवारी ।
- २०७३ सालमा नेकपा माओबादी केन्द्रको केन्द्रीय सदस्य ।
- २०७४ सालदेखी हालसम्म नेकपा माओबादी केन्द्रको पोलिटब्यूरो सदस्यको जिम्मेवारीसहित डोटी जिल्ला ईन्चार्जको जिम्मेवारी ।
- २०७४ मंसिर २१ गते प्रदेश सभा सदस्य निर्वाचनमा डोटी प्रदेशसभा (ख) बाट उम्मेदवार बनी निर्वाचित भएको ।
- २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपत ग्रहण ।
- २०७४ माघ २९ गते माओबादी केन्द्रको तर्फबाट प्रदेशसभामा दलको नेता चयन ।
- २०७४ फागुन ३ गते ७ नं.प्रदेश प्रमुख मोहनराज मल्ल ज्यूबाट ७ नं.प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
- २०७४ फागुन ५ गते प्रदेश नं.७ को मुख्यमन्त्रीको सपत ग्रहण ।
- २०७४ फागुन ६ गते प्रदेश नं.७ को मुख्यमन्त्रीको पदभार ग्रहण ।
- हाल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को केन्द्रीय सदश्य तथा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को तर्फबाट प्रदेश सभामा दलको नेता ।
सन्देश
"हिमाल, पहाड र तराईको सुन्दर परिवेश भाषा, संस्कृति, जलश्रोत र जडीबुटीको धनी प्रदेश"